भदौ २७ २०८३, शनिबार

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नारासहित आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। नेपाल रेडक्रस सोसाइटीका अनुसार बसाइसराइका क्रममा बाढी–पहिरो, दुर्घटना, डिहाइड्रेसन, चोटपटक, डुबान तथा मानसिक तनावजस्ता जोखिम बढ्ने भएकाले प्राथमिक उपचारको ज्ञान र सीप जीवनरक्षाका लागि महत्वपूर्ण हुन्छ।

हालैको भोटेकोशी बाढीमा रेडक्रसका प्रशिक्षित स्वयंसेवकले प्राथमिक उपचार तथा मनोवैज्ञानिक प्राथमिक उपचारसहित मानवीय सेवा प्रदान गरेको रेडक्रसले जनाएको छ। रेडक्रसले ‘हरेक घरमा एक प्राथमिक उपचारकर्ता’ अभियानलाई सार्थक बनाउन सबैलाई प्राथमिक उपचारसम्बन्धी ज्ञान र सीप हासिल गर्न आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार