ओली निवासमा पुगेर गगन थापाले गरे केपी ओलीसँग एक घण्टा कुराकानी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवास पुगेर थापाले ओलीसँग करिब एक घण्टा कुराकानी गरेका हुन्।
सभापति थापानिकट स्रोतका अनुसार भेटमा मधेश प्रदेश सरकारको विषयमा छलफल भएको थियो। त्यसैगरी दुई नेताबीच पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा समेत कुराकानी भएको स्रोतको भनाइ छ।
भेटवार्ताबारे दुवै नेताको औपचारिक धारणा भने सार्वजनिक भएको छैन।


प्रतिक्रिया