श्रावण ३१ २०८३, आइतबार

गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान

गाजामा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न इयूको आह्वान

युरोपेली सङ्घ (इयू) ले इजरायलको गाजा पट्टीमा बालबालिकालाई पोलियो खोप दिन तत्काल युद्धविराम गर्न आह्वान गरेको छ । गाजा पट्टीमा गएको महिनामा मात्र २५ वर्षपछि पोलियोको सङ्क्रमण देखा परेको थियो । संयुक्त राष्ट्रसङ्घ र अन्य गैर–सरकारी समूहहरूले गाजामा बिग्रँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले आउँदो हप्ता गाजाका सबै क्षेत्रमा  दुई वटा खोप अभियानको योजना बनाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएकाछन् । अभियान अन्तर्गत ६ लाख ४० हजारभन्दा धेरै बालबालिकालाई टाइप २ पोलियोभाइरस (सिभिडिपिभी २) विरुद्ध मौखिक खोप उपलब्ध गराउने लक्ष्य रहेको छ ।

गएको अक्टोबरदेखि इजरायली सेना र विद्रोही समूह हमासबीच गाजामा दश महिनाभन्दा धेरैको युद्ध र विस्थापन, कुपोषण, आधारभूत स्वास्थ्य सेवाको अभाव र सरसफाइको कमी लगायतका कारण पहिलादेखि नै कमजोर भइसकेको जनसङ्ख्यालाई फेरि फैलिन सक्ने सम्भावित महामारीबाट जोगाउन आवश्यक रहेको इयूले जनाएको छ ।

राष्ट्रसङ्घका अनुसार गाजाका २४ लाख विस्थापितमध्ये आधाभन्दा धेरै बालबालिका रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार