वैशाख ३१ २०८३, बिहिबार

रेडक्रसको ६२ स्थापना दिवसको अवसरमा प्रगति मा. वि. मा रक्तदान कार्यक्रम आयोजना

नेपाल रेडक्रस सोसाइटीको ६२ औं स्थापना दिवसको अवसरमा गौरादह ७ स्थित प्रगति मा. वि. मा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
Ads

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजना र रु. १ अभियान कोष गौरादह १ को सह-प्रायोजनमा सम्पन्न कार्यक्रममा ....पिन्ट रक्त संकलन गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गौरादह उपशाखा सभापति तथा गौरादह बहुमुखी क्याम्पस प्रमुख भिम विजय बाँस्तोला, वडाध्यक्ष गणेश राजवंशी, प्र. अ. डिल्ली अधिकारी लगायत शिक्षक, बुद्धिजीवी, विद्यालय व्यवस्थापन समिति प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित समाचार