गौरादहका ३० वर्षीय युवाको नोवेलमा निशुल्क उपचार
गौरादह-३, झापा: गौरादह-३ का ३० वर्षीय बुद्धीलाल हेमरमको जीवनरक्षामा डा. सुनिल शर्मा र स्थानीय समुदायको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको छ। खुट्टामा गम्भीर चोटपटक लागेपछि आर्थिक अभावका कारण उपचार गराउन समस्या भोगिरहेका बुद्धीलाललाई डा. शर्माले नोबेल अस्पतालमा उपचार गराउन व्यवस्था मिलाएका थिए।

डा. शर्माले बिरामीको समस्या सुनेपछि तत्कालै अस्पतालमा उपचारको व्यवस्था गरिदिनु भयो, जसले बुद्धीलालको जीवन रक्षाका लागि ठूलो सहयोग पुर्यायो। उपचारका क्रममा विभिन्न व्यक्तिहरूले समेत सहयोग गरेका थिए। पुर्ण बहादुर कार्कीको नेतृत्वमा ४५०० रुपैयाँ संकलन गरियो भने, बिरामीलाई नगर अस्पतालसम्म पुर्याउन स्थानीय जनप्रतिनिधि कल्पना अधिकारीले यातायात खर्च जुटाएकी थिइन्।
यसका साथै, बिरामीको औषधि खर्च व्यवस्थापनमा चुडामणि पौडेल, तोया बास्तोला, कमल खतिवडा, राजु घिमिरे, हेमचन्द्र, दल बहादुर श्रेष्ठ र भिम कोइरालाले समेत आआफ्नो सहयोग पुर्याएका थिए। बिरामीको अवस्थालाई ध्यानमा राख्दै गौरादह नगरपालिकाले नगर अस्पतालमा तीन दिन निःशुल्क उपचारको व्यवस्था गर्दै, नोबेल अस्पतालसम्म पु¥याउने सहजीकरण गरेको थियो।

बुद्धीलालको स्वास्थ्य सुधार भइरहेको छ, तर अझै केही दिन अस्पतालमा उपचारको आवश्यकता छ। यो घटनाले मानवीयता, स्थानीय समुदायको एकता र आपतकालीन अवस्थामा एकअर्काप्रतिको जिम्मेवारीलाई अझै स्पष्ट बनाएको छ।
प्रतिक्रिया