असार १८ २०८२, बुधवार

प्रधानमन्त्री ओलीको मंसिर पहिलो हप्तासम्ममा चीन भ्रमणको तयारी, बिआरई बारे चासो

Ads

 

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन्। कात्तिकको अन्तिम वा मंसिरको पहिलो हप्ता बेइजिङ भ्रमण हुने सम्भावना रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Ads

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको एक सय दिनपछि चीन भ्रमण गर्न लागेका हुन्। यसअघि, सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुवातमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन्।

गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गरेका थिए। सो वार्तामा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। मोदीले अनुकूल समयमा नेपाल आउने बताएका थिए तर, प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो भने प्राप्त भएको थिएन।

Ads

भारत भ्रमणको निम्तो नआएपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाटै गर्ने निर्णय गरेका हुन्। यसअघि, प्रधानमन्त्री हुँदा ओलीले पहिलो विदेश भ्रमण भारतबाटै गरेका थिए।

चीन भ्रमणअघि प्रधानमन्त्रीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कार्य प्रगतिबारे जानकारी लिने कार्य अघि बढाएका छन्। सात वर्षअघि नै बीआरआई फ्रेमवर्कमा समझदारी भए पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै चिनियाँ पक्षले चासो देखाइरहेको छ।

२०७५ सालमा, प्रधानमन्त्रीको रूपमा ओलीले चीन भ्रमण गर्दा केरुङ–काठमाण्डौ रेल्वेसम्बन्धी परियोजना, बेल्ट एन्ड रोड परियोजनामा भएको समझदारी, बन्दरगाह, सडक, रेल्वे, र उड्डयनसम्बन्धी विषयमा सम्झौता गरेका थिए। अबको भ्रमणमा यसका कार्यान्वयनको समीक्षा र थप सहकार्यका सम्भावनाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
जेष्ठ १६ २०८२,शुक्रबार