ज्योतिष विज्ञान: कुण्डलीमा उच्च निच ग्रह चिन्ने सरल सुत्र
वैदिक ज्योतिषशास्त्रमा ग्रहहरूको स्थिति र उनीहरूको प्रभावको विशेष महत्व हुन्छ। ग्रहहरू कुनै पनि राशिमा उच्च (सबल) वा नीच (कमजोर) हुनसक्छन्, जसले व्यक्तिको जीवनमा ठूलो प्रभाव पार्दछ। उच्च राशिमा भएका ग्रहहरूलाई शुभ मानिन्छ, जसले सकारात्मक परिणाम दिन्छ भने नीच राशिमा भएका ग्रहहरू अशुभ मानिन्छन्, जसले चुनौतीपूर्ण परिस्थिति निम्त्याउँछ। ग्रहहरूको उच्च वा नीच स्थिति, विशेष अंशहरूमा पुग्दा परम उच्च वा परम नीच अवस्थामा रहन्छन्, जसले ती ग्रहहरूको प्रभावलाई अझ प्रबल वा कमजोर बनाउँछ।
उच्च र नीचका राशिहरू

ध्यान दिनुहोस्, विभिन्न राशिहरूमा ग्रहहरूको उच्च र नीच स्थिति यसप्रकार छ:
सूर्य: मेष राशिमा उच्च हुन्छ, तुला राशिमा नीच हुन्छ।

चन्द्रमा: वृष राशिमा उच्च हुन्छ, वृश्चिक राशिमा नीच हुन्छ।
मङ्गल: मकर राशिमा उच्च हुन्छ, कर्क राशिमा नीच हुन्छ।

बुध: कन्या राशिमा उच्च हुन्छ, मीन राशिमा नीच हुन्छ।
बृहस्पति: कर्क राशिमा उच्च हुन्छ, मकर राशिमा नीच हुन्छ।
शुक्र: मीन राशिमा उच्च हुन्छ, कन्या राशिमा नीच हुन्छ।
शनि: तुला राशिमा उच्च हुन्छ, मेष राशिमा नीच हुन्छ।
राहु: मिथुन राशिमा उच्च हुन्छ, धनु राशिमा नीच हुन्छ।
केतु: धनु राशिमा उच्च हुन्छ, मिथुन राशिमा नीच हुन्छ।
जो ग्रह जुन राशिमा उच्च हुन्छ, त्यही राशिबाट ठीक सातौँ स्थानमा पुगेपछि त्यो ग्रह नीच हुन्छ। उदाहरणका लागि, सूर्य मेष राशिमा उच्च हुन्छ भने त्यसबाट सातौँ राशिमा गन्दा तुला आउँछ, त्यसैले तुला राशिमा सूर्यलाई नीच मानिन्छ। अन्य ग्रहहरू पनि यसै प्रकारका हुन्छन्।
परम उच्च र परम नीचका अंशहरू
ग्रहहरूको उच्च र नीच अवस्थाका विशिष्ट अंशहरू यसप्रकार छन्:
सूर्य: मेष राशिमा १० अंशमा परम उच्च, तुला राशिमा १० अंशमा परम नीच।
चन्द्रमा: वृष राशिमा ३ अंशमा परम उच्च, वृश्चिक राशिमा ३ अंशमा परम नीच।
मङ्गल: मकर राशिमा २८ अंशमा परम उच्च, कर्क राशिमा २८ अंशमा परम नीच।
बुध: कन्या राशिमा १५ अंशमा परम उच्च, मीन राशिमा १५ अंशमा परम नीच।
बृहस्पति: कर्क राशिमा ५ अंशमा परम उच्च, मकर राशिमा ५ अंशमा परम नीच।
शुक्र: मीन राशिमा २७ अंशमा परम उच्च, कन्या राशिमा २७ अंशमा परम नीच।
शनि: तुला राशिमा २० अंशमा परम उच्च, मेष राशिमा २० अंशमा परम नीच।
ग्रहहरूका यी अंशहरूमा पुग्दा तिनीहरू अत्यधिक बलवान वा कमजोर मानिन्छन्। यस्ता अवस्थाहरूमा ग्रहहरूको प्रभाव अझ तीव्र हुन्छ, जसले व्यक्तिको जीवनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ। यसबारे जानकारीले ग्रहहरूको स्थितिको विश्लेषणमा मद्दत पुर्याउँछ, जसले जीवनका विभिन्न पक्षहरूको भविष्यवाणी गर्न मद्दत पुग्दछ।
प्रतिक्रिया