ज्योतिष विज्ञान: पत्नीहीन/पत्नीत्याग र प्रेतात्मा योग
यदि शुक्र र सूर्य नवौं, सातौं वा पाँचौं स्थानमा छन् भने व्यक्ति पत्नीबाट वञ्चित रहन्छ।
चन्द्रमाबाट सातौं स्थानमा मङ्गल र शनि, शुक्रसँगै छन् भने, व्यक्ति स्त्रीहीन हुन्छ।

यदि शुक्र र बुध सातौं स्थानमा छन् भने, व्यक्ति पत्नीबाट वञ्चित रहन्छ।
यदि शुक्रबाट सातौं स्थानमा पापग्रह होस् वा पापग्रहसँग युक्त शुक्र होस् भने, व्यक्तिले स्त्रीसुख प्राप्त गर्दैन।

जातक तत्वम्
धर्मास्तात्मजगौ सिताकौ जायाहीनः ॥
चन्द्रावस्तेऽकर्जारौ सशुक्रौ जायाहीनः ।।
शुक्रज्ञौं द्दुने दारहीनः ।।
शुक्रान्मवे पापे वा सपापे शुक्रे सुखं न ।।

पत्नीत्याग योग
यदि लग्नमा राहु र शनि छन् भने, लोकापवादको डरले व्यक्ति आफ्नी पत्नीलाई त्याग गर्छ।
प्रेतात्मा योग
यदि शनि, राहु, केतु, वा मङ्गल मध्ये कुनै एक ग्रह सातौं स्थानमा छ भने, स्त्रीलाई भूत-प्रेत जस्ता अमानवीय बाधाहरूको सामना गर्नुपर्छ।
जातक तत्वममा यसरी उल्लेख गरिएको छ:
मन्दाराहुकेत्वन्यतमे दारे स्त्रीशरीरे पिशाचपीडा।
माथि उल्लेखित योग भएको अवस्थालाई मात्रै हेरेर फलित गर्नु हुदैन । कुण्डलीको सूक्ष्म विश्लेषण गरेर मात्रै निचोडमा पुग्न सकिन्छ। विषेश गरि पति पत्नीको कुण्डलीको अध्ययन नगरी मानिसले पत्नी त्याग गर्ने रहेछ वा प्रेतात्माले दुख दिने रहेछ भन्यो भने यसरी फलित गर्ने ज्योतिषी अयोग्य हो अथवा उसले जन्म र चन्द्रकुण्डली राम्रोसँग हेरेको छैन भन्ने पुष्टि हुन्छ । फलित गर्दा ग्रहको बलाबल, ग्रह दृष्टि तथा ग्रहमैत्री वा पाप ग्रह सुभग्रहको प्रभावको विषयमा अध्ययन गर्नु जरुरी हुन्छ । ज्योतिषसँग गएर कुण्डली हेराउनु पूर्व आफैंले पनि एप्स मार्फत कुण्डली निर्माण गरेर माथीको सुत्रलाई अध्ययन गर्न सकिन्छ ।
ज्योतिष ज्ञान सम्बन्धि निरन्तर जानकारीका लागि हामी सँग जोडिनुहोस्:.........
प्रतिक्रिया