वैशाख ०४ २०८३, शुक्रबार

क्यान्सरले थलिएका नक्कली प्रचण्डको आवाज राज्यले किन सुनेन?

Ads


काठमाडौं – भक्तपुर अस्पतालमा उपचारका क्रममा डाक्टरहरूको लापरवाही र अमानवीय व्यवहारको आरोप लाग्दै एक पीडित श्रीमतीले न्यायका लागि अस्पतालको वार्डबाटै गुहार माग्नुभएको छ। आफ्ना श्रीमानको स्वास्थ्यमा गम्भीर खेलवाड भएको र आफूमाथि अभद्र व्यवहार गरिएको दाबी गर्दै उहाँले स्वास्थ्य मन्त्रालय, अग्रज कलाकार, पत्रकार, र सरोकारवाला सबैलाई तत्काल हस्तक्षेप गर्न अनुरोध गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, 'मेरा श्रीमान्को स्वास्थ्यमा भइरहेको लापरवाहीले हाम्रो जीवनमा ठूलो संकट ल्याएको छ। थुप्रै आश्वासन आए पनि अहिलेसम्म दोषीहरूलाई कारबाही भएको कुनै संकेत देखिएको छैन। न्यायका लागि मेरो आवाज कतै हराउने हो कि भन्ने चिन्ता छ।'

Ads

डाक्टरहरूको लापरवाहीले श्रीमानको स्वास्थ्य झन् बिग्रिएको भन्दै उहाँ अहिले KMC सिनामंगल अस्पतालमा उपचाररत हुनुहुन्छ। न्यायका लागि उहाँले निरन्तर आवाज उठाइरहेकी छिन्, तर अझै समस्या समाधान हुन सकेको छैन । 

पीडितले स्वास्थ्य मन्त्रालय र केही उच्च पदस्थ व्यक्तिहरूबाट फोनमार्फत सहयोगको आश्वासन पाएको बताइन्। तर, उहाँको प्रश्न छ, “यतिका दिन बितिसक्दा पनि किन दोषीहरू माथि कुनै कारबाही भएन? मेरो आवाज कहाँसम्म पुग्यो?”

Ads

उउनले मिडियालाई यो विषय उठाउन आग्रह गर्दै भनेकी छिन्, 'म मेरा श्रीमान्को न्यायका लागि मिडिया, नागरिक समाज, र सम्बन्धित निकायहरूमा अपिल गर्दछु। यस्तो लापरवाही र अन्यायले अर्को कोही पीडित हुनुहुँदैन।'

 

Ads

 

प्रतिक्रिया

सम्बन्धित समाचार