धिमधिमे युवा क्लब(DYC) को आयोजनामा बृहत स्वास्थ्य शिविर
धिमधिमे युवा क्लबको आयोजना तथा सुर्योदय आधारभुत विद्यालयको सह- आयोजनामा बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आँखा , दाँत तथा मधुमेह लगायतका बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।

गौरादह ३ स्थित सुर्योदय आधारभुत विद्यालय परिसरमा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिविरबाट ७८३ जना लाभान्वित भएका आयोजक संस्था धिमधिमे युवा क्लबले जनाएको छ ।
आँखा सम्बन्धि स्वास्थ्य परिक्षणमा गौरादह बजार स्थित गौरादह आँखा अस्पतालले प्राविधिक सहयोग सहित निशुल्क चस्मा वितरण तथा औषधिजन्य सहयोग प्रदान गरेको थियो ।

नोबेल डेन्टल क्लिनिक गौरादह डिपु चोकको प्राविधिक सहयोगमा १५० जना भन्दा बढीको दाँत सम्बन्धि परिक्षण गरिएको थियोे भने १०० जनाको हाराहारीमा मधुमेह चेकजाँचका गरिएको क्लबका अध्यक्ष प्रवीण बस्नेतले जनाए ।
गौरादह नगर अस्पताल, १,२ ,३ र ७ का आधारभुत स्वास्थ्य केन्द्रबाट आएका स्वास्थ्यकर्मीको टोलीले समेत स्वास्थ्य परिक्षणमा प्राविधिक सहयोग प्रदान गरेको बस्नेतको भनाइ छ ।

प्रतिक्रिया