चैत्र १८ २०८२, बुधवार

कश्मीरमा बारुदको वर्षा : भारतीय आक्रमण र पाकिस्तानी जवाफी कारबाहीमा १० को मृत्यु, तनाव चरममा

Ads

 

काठमाडौँ / इस्लामाबाद / नयाँ दिल्ली — भारत र पाकिस्तानबीचको तनाव सोमबार रातिदेखि खतरनाक मोडमा प्रवेश गरेको छ। भारतद्वारा सुरु गरिएको 'अपरेशन सिन्दूर' अन्तर्गत कश्मीर क्षेत्रमा भएका आक्रमणहरूमा कम्तीमा १० जनाको ज्यान गएको पुष्टि भएको छ।

Ads

भारतीय सेनाले पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरमा रहेका ९ आतङ्ककारी शिविरहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेको दाबी गरेपछि स्थिति जटिल बन्दै गएको छ। रोयटर्सएएफपी समाचार संस्थाहरूका अनुसार पाकिस्तानी सेनाको जवाफी गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ।

त्यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँगको कुराकानीमा भारतको आक्रमणमा दुई बालबालिकासहित सात पाकिस्तानी नागरिकको मृत्यु भएको बताएका छन्। चौधरीका अनुसार आक्रमणमा एक मस्जिद, आवासीय क्षेत्र तथा आधारभूत संरचनाहरू पनि क्षतिग्रस्त भएका छन्।

Ads

शाहबाजको कडा चेतावनी
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ ले घटनाप्रति गम्भीर आपत्ति जनाउँदै भनेका छन्, "पाकिस्तानले आफ्नो सार्वभौमिकताको रक्षा गर्ने पूरा अधिकार राख्छ, हामी यस आक्रमणको जवाफ दिन कत्तै पछि हट्नेछैनौं।"

सीमा क्षेत्र तनावग्रस्त, अन्तर्राष्ट्रिय समुदाय चनाखो
सीमा क्षेत्रमा सेना सतर्क अवस्थामा छन् भने अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ। विश्लेषकहरूका अनुसार यदि तनाव तत्काल रोकिएन भने दुई आणविक शक्तिहरूबीच खुला संघर्षको खतरा बढ्न सक्छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार