जेष्ठ ०३ २०८३, आइतबार

स्वास्थ्य समस्याका कारण केपी ओली शिक्षण अस्पतालमा भर्ना

Ads

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य समस्याका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार मुटुको धड्कनमा असामान्यता देखिएपछि उनलाई शनिबार अस्पताल ल्याइएको हो। हाल एनेक्स–१ स्थित बेड नं. ५०१ मा राखेर विशेषज्ञ चिकित्सकको टोलीले प्रत्यक्ष निगरानीमा उपचार गरिरहेको छ।
पहिले नै मिर्गौला प्रत्यारोपण गराइसकेका ओली विभिन्न दीर्घरोगबाट पीडित छन्। उनलाई मधुमेह, उच्च रक्तचाप, थाइराइड, मिर्गौलासम्बन्धी समस्या, मुटुको चालमा गडबडी तथा पत्थरीजस्ता स्वास्थ्य समस्या रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालले उनको स्वास्थ्य अवस्थाको नियमित अनुगमन भइरहेको जनाएको छ।
यसैबीच, जेनजी आन्दोलनसँग सम्बन्धित विषयमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ। स्वास्थ्य अवस्था कमजोर बनेपछि उनलाई अस्पतालमै राखेर उपचार थालिएको बताइएको छ  । 

प्रतिक्रिया

सम्बन्धित समाचार