d

वडा नं १ ले गर्यो लागुऔषध दुर्व्यसनी विरुद्ध अन्तर्क्रिया

Views:
Responsive Image Gallery
Responsive Image Gallery

वडा नम्बर १ ले गर्‍यो लागुऔषध दुर्ब्यशनि विरुद्ध  अन्तरक्रिया

चैत ९/ झापा: नगरपालिका वडा नम्बर १ मा लागु औषध दुर्व्यशनी नियन्त्रण सम्बन्धि एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

 गौरादहमा पछिल्ला वर्षहरूमा भयावह चुनौतीको रूपमा बढ्दै गएको लागुऔषध दुर्व्यशनी निराकरण गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।

कार्यक्रममा सरोकारवालाले गौरादह लागुऔषधको हव भएको भन्दै चिन्ता व्यक्त गरेका थिए । 

गौरादहका औषधि विक्रेता, व्यवसायी एवम् स्थानीय सचेत समुदायसंग अन्तरक्रिया गरीएको वडाध्यक्ष नगेन्द्र भण्डारीले बताए । 

अन्तरक्रिया कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदी ,उपप्रमुख जलवर्षा राजवंशी चौधरी , वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारी , सशस्त्र प्रहरी बेशक्याम्प बैगुनधुराका प्रमुख  ज्ञान बहादुर श्रेष्ठ , ईलाका प्रहरी कार्यालय गौरादहका प्रमुख प्रमोद रेग्मी , गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जित बहादुर कार्की , विभिन्न विद्यालयका शिक्षक, टोलि विकास समिति अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Views: