d

 राष्ट्रपतिमा माधव नेपाललाइ अघि सार्नेबारे तीन दल सहमत

Views:

काठमाडौं, ११ फागुन । राष्ट्रपतिको निर्वाचनलाई लिएर प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको दौडधुप बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो जन्मदिनमा व्यस्त रहँदा सरकारको नेतृत्व गरेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भने आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।

उनले पूर्व पाँच दलीय गठबन्धन व्युँताउनेगरि छलफल थालेका थिए । तर, राष्ट्रपतिको साझा उम्मेदवारको रुपमा माधव नेपाललाई अघि सार्नेबारे आएको प्रस्तावमा प्रधानमन्त्री दाहाल सकारात्मक छन् । आज सिंहदरबारमा माओवादी केन्द्र, जसपा र नेकपा (एकीकृत समाजवादी) को छुट्टै छलफल भएको थियो ।

सो छलफलमा राष्ट्रपतिको रुपमा माधव नेपाललाई अघि सार्ने र कांग्रेस र एमालेको साथ लिने सहमति भएको चर्चा छ । तीन दलको संयुक्त बैठक बस्नुअघि प्रधानमन्त्री दाहालले माधव नेपाल र उपेन्द्र यादवसँग बेग्लाबेग्लै वान टु वान भेटवार्ता गरेका थिए ।

कांग्रेस र एमालेसँग निरन्तर सम्वादमा रहेका दाहालले राष्ट्रपतिमा माधव नेपाललाइ अघि सार्न खोज्नुको पछाडि नेकपा व्युँताउनेसम्मको तयारी रहेको चर्चा छ । सत्ता गठबन्धन जोगाउनको लागि एमालेले एक कदम पछि हटेर माधव नेपाललाई राष्ट्रपतिमा अघि सार्ने प्रस्ताव गरेको छ । एमाले अध्यक्ष ओलीले समेत प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रपतिमा माधव नेपालको नाम अघि सारेका छन्।

Views: