d

लागुऔषधको हव बनेको गौरादहमा दुर्व्यशनी विरुद्ध कम्मर कसेर लाग्यो जेसीज ।

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/लागु औषध दुर्व्यशनीमा लागि परेका युवाहरुलाई त्यस क्षेत्रबाट निरुत्साहित बनाउन गौरादह क्षेत्रमा रहेका संघ संस्था सक्रिय भएका छन। राष्ट्रका कर्णधार मानिएका युवाहरु लागु औषधका क्षेत्रमा बढी मात्रामा देखिएकाले निराकरणका लागि संघ संस्थाहरुले चासाे देखाएका छन।युवाहरुकाे सहभागीता रहेकाे जेसिजले लागु औषधका क्षेत्रबाट युवाहरुलाई जाेगाउन विभिन्न किसिमका कार्यक्रम संचालन गर्दै आएकाे छ। बिगतका समयमा बिद्यालयमा रहेका बिद्यार्थीहरु देखि गाउँ समाजमा गरिएका प्रशिक्षणबाट सम्भावना नदेखिएपछि नयाँ अवधारणा अघि सारेकाे छ। गाउँ समाज र परिवेश सँग मिल्दाेजुल्दाे नाटक प्रदर्शनकाे तयारी गरेकाे छ।   लागू औषध दुर्व्यशनीबाट युवा युवतीहरुलाई सजग गराउन गौरादह जेसिजले नाटक मन्चन गर्ने भएकाे छ।झाेराहाट नाट्य समुहका अध्यक्ष तथा नाटक प्रशिक्षक भरत गुरागाई ( बर्बरिक ) ले लागु औषध दुर्व्यशनि निराकरण गर्न राज्यलेमात्र सम्भावना नरहेकाले सबैजना जागरुक भएर लाग्नु पर्ने धारणा राखेका थिए।उद्योग बाणिज्य संघ गौरादहकाे सभाहलमा नाटकका बिषयमा कार्यशाला गाेष्ठी सम्पन्न गरिएकाे छ। गाेष्ठीमा बाेल्ने अधिकांश व्यक्तिहरुले बर्तमान परिस्थितिमा लागू औषध युवा समुदायमा जर्जर समस्याका रुपमा देखिएकाे बताएका थिए। कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्दै गौरादह जेसिजका पुर्ब अध्यक्ष प्रकाश भट्टराईले लागू औषधमा परिसकेका युवाहरुलाई निरुत्साहित बनाउन र अन्य युवाहरुलाई सजग गराउन नाटकले सहयाेग गर्ने धारणा राखेका थिए। कार्यशाला गाेष्ठका प्रमुख अतिथि गौरादह नगरपालिका वडा नं -१ का वडाध्यक्ष तथा नगर प्रबक्ता नगेन्द्र भण्डारीले लागू औषध दुर्व्यशनीबाट युवाहरुलाई टाढा राख्न स्थानीय सरकारले पुर्ण सहयाेग गर्ने धारणा राखेका थिए। भण्डारीले युवाहरुलाई सहि मार्ग निर्देश गर्न यस क्षेत्रमा रहेका संघ संस्थाहरु सँग सहकार्य गर्न स्थानीय सरकार तयार रहेकाे धारणा राखेका थिए। कार्यक्रमकाे सभापति समेत रहेका गौरादह जेसिजका अध्यक्ष खड्ग बहादुर थापाले लागु औषध दुर्व्यसनिका क्षेत्रमा दिनप्रतिदिन बढ्दो क्रममा रहेकाे युवाहरुकाे समुदायलाई नियन्त्रण गर्न गौरादह जेसिज अग्रसर रहेकाे धारणा राखेका थिए।कार्यक्रममा गौरादह जेसिजका पुर्ब अध्यक्ष क्रान्तिदिप काफ्ले, हरिष चन्द्र अधिकारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। जेसिज महासचिव ध्रुब अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

Views: