d

महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेका हौँ, अतिरञ्जित नगरौं - गृहमन्त्री  लामिछाने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

१० चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा बिरामी भएकाले हाजिरी जमानीमा छाडेको बताएका छन् ।

शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले उनलाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताएका हुन् ।

‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ’, लामिछानेले भने ।

उनले अगाडि भने, ‘त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’

Views: