d

पूर्णविराम

Views:
Responsive Image Gallery
Responsive Image Gallery

(रचना दाहाल को गीत दागबत्तीको प्रशंसामा )

उसले पत्र हेर्यो
त्याहाँ रहेका हरेक वर्ण हेर्यो
वर्ण बाट बनेका शब्द हेर्यो
शब्द बाट बनेका वाक्य हेर्यो
अनि वाक्य बाट बनेको प्रसङ्ग हेर्यो ।
शब्दको मसी हेर्यो
अनि सिंगो कागच हेर्यो
निलो मसी युक्त मृत शरीर हेर्ने की
राति मसी युक्त जीवित शरीर हेर्ने
ऊ रनभुल्लमा पर्यो।
वर्ण बाट वाक्य हेरेको उसले
पत्र लाई शरीर र कागच लाई शरीर ठम्यायो
पत्र र कागच बिचको फरक 
उसैलाई थाहा थियो
अनि सल्कायो आगो
एक दागबत्तीको साथ,
उसलाई पत्र दिने पात्रको साथको पूर्णविराम ।

Views: