d

सबै मतलबी

Views:
Responsive Image Gallery
Responsive Image Gallery

नजरको पढ़दैन कोही 
मौनता सुन्छ र कोही ।
फेरिन्छ शरीरको छाला ,
चट्टानी मार्ग चुन्छ कोही ।
यो दर्द देखाउ कसलाई ,
लवण सबैको हातमा छ ।
सबैको आफ्नै दर्द साथमा छ ,
अर्काको निम्ति मल्हम राख्छ  कोही ।
सबका आफ्नो जिन्दगी,छ 
आ -आफ्नो मतलबी कोही ।
आफ्नै धुनमा दीवाना सब,
गीत प्रीतको लेख्छ कोही ।
इच्छाको नील गगनमा ,
सबैका आ - आफ्नो उड़ान छ 
सबैले आफ्नै  महल सजाउ  ,
जीवन प्रेमको सम्हालेर कोही ।
        देवेन्द्र किशोर ढुङगाला 
            सिलीगुड़ी पश्चिम बंगाल

Views: