d

गौरादह कृषि क्याम्पसमा तथ्यांक प्रयोग तथा साक्षरता गोष्ठी सुरु

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफाश/ फागुन १४, बुधबार / झापा: गौरादह कृषि क्याम्पसमा तथ्यांक प्रयोग र साक्षरता गोष्ठी सुरु गरिएको छ । नीतिनिर्माता, अनुसन्धानकर्ता, सञ्चारकर्मी, शैक्षिक क्षेत्र तथा तथ्यांक प्रयोगकर्तालाई जानकारी गराउने उद्देश्यले दुई दिवसीय गोष्ठी सुरु गरिएको हो । 

आज बुधबारबाट सुरु भइ भोलि समापन गरिने कार्यशाला गोष्ठीमा कार्याशाला गोष्ठीमा गौरादह, कमल र गौरिगञ्ज लगायतका स्थानीय तहका कृषि शाखाका कर्मचारीहरु, कृषि समुहका प्रतिनिधि, गौरादह कृषि क्याम्पस र पुर्वाञ्चल कृषि क्याम्पसका शिक्षक तथा कर्मचारी लगायत कृषि क्षेत्र सँग सम्बन्धित सरोकारवालाको उपस्थिति रहने आयोजकको भनाइ रहेको छ । 

राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त  तथ्यांकबाट प्राप्त नतिजाको विषयमा समेत कार्यशाला गोष्ठिबाट जानकारी गराइने आयोजकले जनाएको छ । 
 
क्याम्पसको सभाहलमा संचालित कार्यक्रममा केन्द्रीय तथ्यांक कार्यालय काठमाण्डौका निर्देशक डा. महेश कुमार खनालको प्रमुख आतिथ्यतामा सुभारम्भ गरिएको थियोे भने कार्यशाला गोष्ठीलाई डा. खनाल सहित तथ्यांक कार्यालय मोरङका निर्देशक सुभाष अधिकारी, राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौका अधिकृत गणेश प्रसाद फुयालले सहजीकरण गर्ने बताइएको छ ।

कार्यक्रम बारे जानकारी गराउदै तथ्यांक कार्यालय मोरङका निर्देशक सुभाष अधिकारीले तथ्यांक कार्यालयले विभिन्न प्रकारका तथ्यांकहरु प्रकाशन गर्दै आएको बताउदै कृषि गणना तथ्यांक र त्यसको प्रयोग गरिने निकायलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । स्थानीयस्तरमा र शिक्षण संस्थाहरुमा कृषि तथ्यांकको उचित प्रयोग हुन जरुरी रहेको उनले बताए । प्रदेश तहमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिदै आएको बताउदै उनले कृषि क्याम्पसहरु रहेको स्थानमा समेत तथ्यांकको प्रयोग सम्बन्धि गोष्ठीहरु सञ्चालन गरिएको जानकारी गराए ।  

गौरादह कृषि क्याम्पसका क्याम्पस प्रमुख सुबोध खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन  राष्ट्रिय तथ्यांक कार्यालय काठमाडौका सूचना अधिकारी राजु पोख्रेलले गरेका थिए । 

Views: