d

गौरीगन्ज सामुदायिक विद्यालयका ६६  छात्रालाई गाउँपालिकाको साइकल उपहार 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

गौरीगंज १५, चैत / झापाको दक्षिण पश्चिम भेगमा रहेको गौरीगन्ज गाउँपालिकाले ६६ जना छात्रा विद्यार्थीलाई साइकल वितरण गरेको छ। छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र विद्यालय आवत जावतमा सहजता पुर्याउने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा स्थानिय  गौरीगंज –६ स्थित खजुरगाछी माविका कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाई साइकल वितरण गरेको हो । 

शनिवार विद्यालय परिसरमा आयोजित एक कार्यक्रम मार्फत  विद्द्यार्थीहरुलाई साइकल वितरण गरिएको बताइएको छ।  
 गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको   प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा छात्राहरुलाई साइकल वितरण गर्नुका साथै पालिका स्तरिय विभिन्न हाजिरी जवाफ, चेस, निवन्ध, श्रृति लेखन, वतृत्वकला प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना भएका विद्यार्थीलाई नगदसहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो । गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने कुवँर, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरी, वडा नं. ४ का वडा अध्यक्ष फेका गिरीले संयुक्तरुपमा नगदसहित विभिन्न पुरस्कार, शिल्ड, प्रमाणपत्र र छात्राहरुलाई साइकल वितरण गरेका थिए ।

Views: