d

एमाले झापा जिल्ला अध्यक्षमा गिरि सर्वसम्मत

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा:  नेकपा एमाले झापा जिल्लाको अध्यक्ष र उपाध्यक्षमा सहमति जुटेको छ । यसअघि अध्यक्षको दाबी गर्दै आएका शिव ढुङ्गेल यस कार्यकालमा उपाध्यक्ष पदमै रहन सहमत भएपछि अध्यक्ष पदमा प्रेम गिरी सर्वसम्मत बनेका हुन् । 


झापाको ११ औ जिल्ला अधिवेशन जारी छ । उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । निर्वाचन आयोगले दिएको समयमा अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुङ्गेलको मात्रै उम्मेदवारी परेको छ ।

यता सचिव पदमा भने बोधराज घिमिरे र तुलसी कार्कीको उम्मेदवारी परेको छ । यस्तै उप सचिवको महिलामा अनिता कन्तङवा सर्वसम्मत हुँदा पुरुष सह–सचिवमा भने चन्द्र सुब्बा, असारु राजवंशी र टिकाराम मगरातीले उम्मेदवारी दिएका छन् । 

Views: