d

इलाममा क्रेज बढाउदै राप्रपा, चल्यो राप्रपा प्रवेश गर्नेको लहर

Views:
Responsive Image Gallery
Responsive Image Gallery

इलाम ।राष्ट्रिय प्रजातन्त्र पार्टी इलामले उपनिर्वाचन लक्षित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम तिब्र रुपले अघि बढाउदै आएको छ।
इलाम धुसेनि निवासी पुरानो बामपन्थि लोक प्रसाद चौलागाईं, देउमाई का नेपाली काँग्रेसका युवा नेता अमित राई सहित विभिन्न पार्टी परित्याग गरी राप्रपामा प्रवेश गर्नेको संख्या बढिरहेको छ ‌।
राप्रपाका युवा नेता तथा हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र लिङदेन,  राप्रपा पार्टी शिक्षा विभाग केन्द्रीय सदस्य तथा इलाम जिल्ला नेता लक्ष्मी गुरुङ, ईलाम क्षेत्र नं २ अध्यक्ष लाल बहादुर डाँगी, एवंम युवा  नेता  हल्दिबारी वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा लगायतका नेताहरूको उपस्थितिमा विभिन्न ठाउँहरूमा कार्यक्रम भइरहेको छ।

Views: