d

इलामको सभामा लिङ्गदेनले भने 'साँच्चैको विकास हेर्न झापाको हल्दीवारी जानु'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनले विकास कस्तो हुन्छ हेर्न  झापाको हल्दीवारी गाउँ पालिका जान आग्रह गरेका छन्।   इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेनले राप्रपाले जितेको हल्दिबारी गाउँपालिका विकास र सम्रिद्दीको यात्रामा नमुना स्थानिय तहको रुपमा उदाएको जिकिर गरेका हुन्।  

अध्यक्ष लिङ्गदेनले इलाममा राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङलाई भोट दिन अपिल गर्दै कांग्रेस, एमाले, माओबादीबाट मुलुक नबन्ने ठोकुवा गरे।  रवि लामिछानेलाई व्यंग्य गर्दै लिङ्गदेनले भने, 'ठुलो माछा पकड्छु भनेंको पनि विश्वास देखिएन, पक्रेको माछा पनि पोखरीमै छोडेर छ। ' 

उनले पुराना र नयाँ भनिएका सबै पार्टी एउटै ड्याङका भएको भन्दै यसपटक राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङ लाई मतदान गर्न आग्रह गरेका थिए।

 

Views: