d

मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल नियुक्त

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

भद्रपुर २४,चैत /  झापाको भद्रपुरस्थित मेची वहुमुखी क्याम्पसको प्रमुखमा जीवन पोखरेल नियुक्त हुनुभएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर केशरजंग बरालले पोखरेललाई आगामी तीन महिनाको लागि क्याम्पस प्रमुखमा नियुक्त गर्नुभएको हो।

बर्तमान क्याम्पस प्रमुख पोखरेलको कार्यकाल आजदेखि सकिदैन थियो। नयाँ क्याम्पस प्रमुख नियुक्तिका लागि क्याम्पस सञ्चालक समितिले पोख्रेलसहित शारदानन्द झा र झगप्रसाद बरालको नाम सिफारिस गरेकोमा पोखरेललाई नै ३ महिनाको लागि क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो।

त्रिविमा सिफारिस गरिएका नाममा दलीय तानातान भए पछि उपकुलपति बरालले तत्कालका लागि एक नम्बरमा सिफारिस गरिएका पोखरेलको म्याद ३ महिना थप गर्नु भएको स्रोतले बताएको छ।

Views: