d

मच्छिन्द्रले जित्यो विराट गोल्डकपको उपाधि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

 

झापा, चैत २५ । मच्छिन्द्र फुटबल क्लबले आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।


गएराति विराटनगरको शहीद रंगशालामा भएको खेलमा मच्छिन्द्रले सांग्रीला फुटबल क्लब मोरङलाई २–० ले हराउँदै उपाधि जितेको हो।

निर्धारित ९० मिनेटमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा मच्छिन्द्रका छिरिङ गुरुङ र हिसुब थपलियाले गोल गर्दै उपाधि दिलाए।

सांग्रीलाका महेन्द्र कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले मोटरसाइकल प्राप्त गरे। यसैगरी, मच्छिन्द्रका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिप्पर, सन्तोष न्यौपाने उत्कृष्ट प्रशिक्षक तथा मच्छिन्द्रकै स्टेफन सर्वाधिक गोलकर्ता रहे। उनीहरूले जनही २१ हजार रुपैयाँ प्राप्त गरे। फाइनलको प्लेयर अफ दी म्याच भएका मच्छिन्द्रका लकेन लिम्बूले ११ हजार रुपैयाँ प्राप्त गरे। विजेता मच्छिन्द्रले ११ लाख र उपविजेता सांग्रीलाले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।

Views: