d

गौरादहमा बिद्यालयको कार्यालय फुटाएर चोरी, प्रअ भन्छन् 'ल्यापटप खोजी देउ'

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको गौरादहमा चोरी गर्ने ठुलै गिरोह सकृय रहेको पाइएको छ   । तीन दिन अगाडि मात्रै तीन वटा सहकारी फुटाएर चोरी भएको घटना सेलाउन नपाउदै शनिबार गौरादह ५ स्थित कन्चन्जङ्घा आधारभुत बिद्यालयमा कार्यालय फुटाएर चोरी भएको हो । बिद्यालयमा चोरी भएको थाहा पाएपछि विद्यालय प्रअ तिर्थ कुमार भुजेलले सामाजिक सञ्जालमा त्यसको जानकारी गराउदै ल्याटप खोजिदिन आग्रह गरेका छन् । उनले भनेका छन्, '६ थान ल्यापटप चोरी भएको छ खोजी गरिदिनुहुन अनुरोध गर्दछु।' 

पछिल्लो दुई वर्ष देखि गौरादहमा पटकपटक यस्ता चोरीका घटनाहरु सार्वजनिक भएका छन् । गौरादह ३ स्थित धिमधिमेमा रहेको प्रवीण बस्नेतको पसलमा मध्यरातमा चोरी भएको थियो । पसलमा रहेको सिसिटिभी फुटेजमा चोरी हुँदै गरेको दृश्य कैद भएकोमा बस्नेतले उक्त फुटेज सार्वजनिक नै गरेका थिए । यथेष्ट प्रमाणहरु भेटिदा पनि चोरी गर्ने गिरोह पत्ता लाग्न सकेको छैन । एक महिना अघि मात्र गौरादह ९ बैगुन्धुरामा रहेको शुभलक्ष्मी सहकारी संस्थाको सेवा केन्द्रमा चोरी भयो । चोरीमा सकृय गिरोहले सिसिटिभीको तार समेत काट्न भ्याएको थियो । 
गौरादह ५ मा रहेको साना किसान सहकारी संस्थामा रहेको सोफामा चोरीमा सकृय व्यक्तिको जुत्ताको छाप भेटिएको छ । 

आपराधिक कृयाकलापमा संलग्न भएका व्यक्तिले घटनास्थलमा कुनै न कुनै प्रमाण छोडेको हुनसक्ने कानुनी सिद्धान्त पाइन्छ ।  

आपराधिक घटना भएका स्थानमा तत्कालै प्रहरी पुगेर निषेधित क्षेत्र घोषणा गरि घटनास्थलको सूक्ष्म अनुसन्धान गर्नुपर्ने सरोकारवालाहरु बताउछन् । 

Views: