d

गाउँपालिका अध्यक्ष लिङ्देनले गरे पशु उपचार केन्द्र भवनको सिलान्यास

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: झापाको हल्दिबारीमा पशु उपचार केन्द्र निर्माण हुने भएको छ ।  कोशी प्रदेश सरकारको सहयोगमा वडा नम्बर ५ को हाताभित्र निर्माण हुने गाउँपालिका स्तरीय पशु उपचार केन्द्रको आइतबार शिलान्यास गरिएको हो । 

प्रदेशसभा सदस्य भक्ती सिटौलाले कोशी प्रदेशको कृषि मन्त्रालय सम्हालेका बेला ७१ लाख ७६ हजार ७ सय २७ रुपैयाँ विनियोजन भएको  मध्येबाट एन्जेलिना कन्स्ट्रक्सनले ५२ लाख १७ हजार २ सय ३८ रुपैयाँ बिलोमा इ-बिडिङ मार्फत ठेक्का प्राप्त गरेको जनाइएको छ । 

परियोजना कार्य आगामी असार भित्रमा सम्पन्न हुने अध्यक्ष लिङ्देनले जनाए । 

Views: