d

गौरादहमा गाईभैँसी पालन सम्बन्धि तालीम सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादहका उद्यमी कृषक हरुका लागी गाई भैसी पालन सम्बन्धि दुई दिवसीय तालीम सम्पन्न भएको छ । 

गौरादह साना किसान महिला कृषि सहकारीको आयोजना तथा साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेड बिर्तामोड़को सहयोगमा उद्यमी कृषकहरुलाई चारा दाना व्यवस्थापन लगायत लैनो गाई भैंसी स्याहार सम्बन्धी तालीम आयोजना गरिएको हो ।  

 गौरादह  न. पा. वडा नम्बर १ को सभाहलमा आयोजित तालीमबाट ५० जना पशुपालक किसानहरु लाभान्वित भएका छन् । 

कार्यक्रममा पालिका पशु शाखा प्रमुख घनश्याम दाहाल  र दिनेश ढाकालले सहजीकरण गरेका थिए ।

संस्था अध्यक्ष तुलसा भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको  सञ्चालन अभिषेक गड़तौलाले गरेका थिए । 

Views: