d

गोल्डेन सनराइज मा. वि. गौरादहको विद्यार्थी विदाई कार्यक्रम 'श्रीअन्तु' मा

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगरपालिका वडा नम्बर १ मा रहेको गोल्डेन सनराइज मा. वि. ले  कक्षा १० बाट पास आउट भएका विद्यार्थीहरुको विदाइ कार्यक्रम इलामको सुर्योदय नगरपालिका स्थित 'श्रीअन्तु' मा आयोजना गरेको छ । एसईई परीक्षा सम्पन्न भएपछि विद्यार्थीहरुको विदाई पुर्वको पर्यटन गन्तव्य स्थल 'श्रीअन्तु' मा आयोजना गरिएको हो । दुई दिवसीय शैक्षिक भ्रमण कार्यक्रम कै अवसरमा विद्यार्थीहरुको विदाइ गरिएको प्रधानाध्यापक राजकुमार कार्कीले बताए । 
यस वर्ष विद्यालयबाट एसईई परीक्षामा कुल ३४ विद्यार्थी सहभागी  भएका थिए । 
विदाइ कार्यक्रममा प्रअ कार्की, विद्यालय निर्देशक गणेश कुमार श्रेष्ठ, विव्यस अध्यक्ष गुरु श्रेष्ठ, गोल्डेन सनराइज भुतपुर्व विद्यार्थी समाज अध्यक्ष निगेस नायाजु, विद्यालय कोअर्डिनेटर रोहित आचार्य लगायत शिक्षक कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सञ्चालन बिद्यालय कोअर्डिनेटर रोहित आचार्यले गरेका थिए । 

Views: