d

महारानी झोडा धनिपुर्जा समस्या: मन्त्रालयसँगको छलफल फलदायी हुने विश्वास www.pardaphas.com

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, बैशाख १ गते, शनिबार झापा

महारानी झोडाको जग्गा धनीपुर्जा सम्बन्धि समस्या समाधान गर्न प्रयत्न जारी रहेको छ । समाधानको आशा बोकेर नगरपालिकाको टिम लामो समयदेखि  मन्त्रालय र जिम्मेवार निकायहरूमा धाइरहेको छ ।
यसैबीच गौरादह नगरप्रतिनिधी टिम र भुमि व्यवस्था तथा सहकारी, गरिबी निवारण मन्त्री बलराम अधिकारी बिच शुक्रबार  गम्भीर छलफल भएको बताइएको छ । 

भुमि व्यवस्था मन्त्री अधिकारी सहित मन्त्रालयका अधिकारी बीच नगर प्रतिनिधि मण्डलले छलफल गरेको थियोे । छलफलमा नगरपालिकाको तर्फबाट नगर प्रमुख सुवेदी, राष्ट्रियसभा सदस्य देवेन्द्र दाहाल, प्रतिनिधिसभा सदस्य सुनिता बराल, एमाले नगर अध्यक्ष मित्रदेव काफ्ले, वडा नम्बर ४ र ५ का वडाध्यक्षहरु क्रमश: दुर्गामणी बस्नेत र जगन्नाथ खनाल, महारानी झोडा सानाकिसान सहकारी संस्थाका प्रवन्धक चिरञ्जीवी भण्डारी सहभागी थिए । 

'छलफल सकारात्मक छ । यसै विषयमा अवलोकन भ्रमण गर्न यही बैशाख १५ गते मन्त्री ज्यू गौरादह आउदै हुनुहुन्छ, टेलीफोन सम्पर्कमा नगर प्रमुख छत्रपति सुवेदीले बताउनु भयो।'

 पटकपटकका बहस र छलफलहरु निश्कर्षहिन हुँदै गर्दा यो पटकको मन्त्रालय सँगको छलफलले समस्या किनारा लाग्न सक्ने संकेत देखिएको नगर प्रमुख सुवेदी बताउनुहुन्छ । 

'२०३४ सालको नापीलाई आधार मानेर धनीपुर्जा वितरण गर्ने यसअघिको प्रयास पनि प्राविधिक कारणले विफल भएको थियो । अव हामी सँग तीनवटा विकल्प छन् । सबै विकल्प मध्ये उत्तम विकल्प समाएर अगाडि बढ्ने तयारी छ ।', मेयर सुवेदिको भनाइ रहेको छ   

Views: