d

गौरादह प्याब्सनलाई तत्काल निर्णय फिर्ता लिन इस्टुको आग्रह

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

पर्दाफास, बैशाख ७ गते शुक्रबार झापा: गौरादहका प्राइभेट विद्यालयमा महिनाका ४ वटा आइतबार मध्ये २ वटा आइतबार छुट्टी दिएर शुक्रबार ४ बजेसम्म विद्यालय सञ्चालन गर्दै आएकोमा नगर प्याब्सनले एउटा मात्रै आइतबार छुट्टी दिने र शुक्रबार ४ बजेसम्म बिद्यालय लगाउने भनी गरेको निर्णयमा निजि शिक्षण संस्थामा कार्यरत शिक्षकहरुको संगठन इस्टुको गौरादह नगरसमितिले आपत्ति जनाएको छ  । आफुहरु सँग परामर्श नै नगरी अव्यवहारिक निर्णय गरेको भन्दै आज प्याब्सन नगर अध्यक्ष बाबुराम तिम्सिनालाई इस्टु पदाधिकारीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन्  । 

उनिहरुले प्याब्सनको उक्त निर्णयले शिक्षकहरुको श्रम शोषण गरेको आरोप लगाएका छन् । 

इस्टु नगर अध्यक्ष सन्जिव कार्कीले प्याब्सनले हचुवाको भरमा एकलौटी निर्णय गरेको बताएकाछन् । 

 अध्यक्ष कार्की भन्छन् , 'यो नितान्त अबैज्ञानिक छ, तत्काल फिर्ता लिइनुपर्छ।'

इस्टु कोशी प्रदेश अध्यक्ष यादव अधिकारी भन्छन् ,'शिक्षकहरुसँग प्रत्यक्ष जोडिएको उक्त विषय संवेदनशील छ । तत्काल फिर्ता नलिए गम्भीर अवस्था सृजना हुन सक्छ ।'

प्याब्सनले कुनैपनि दीर्घकालीन रूपमा असर पर्ने निर्णय गर्दा सरोकारवाला सँग परामर्श गर्नुपर्ने अध्यक्ष अधिकारीको भनाइ छ । 

द्वन्दको विजारोपण गरिएको आरोप लगाउदै उनले भने, 'विषयवस्तु जटिल प्रकृतिको छ । तत्काल निर्णय सच्याइयोस् ।'

ध्यानाकर्षण पत्र बुझ्दै प्याब्सन नगर अध्यक्ष तिम्सिनाले तत्काल बैठक बोलाएर इस्टुको पत्र उपर छलफल गरिने बताएका छन् । 

 

Views: