d

कोरोनाको समयमा गाडिएको अनुदान सामाग्री डम्पिङ साइडमा भेटिएपछि ....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

उर्लाबारी, बैशाख ८ गते । मोरङको रतुवामाई नगरपालिकामा अनुदानको सामाग्री गाडिएको अवस्थामा भेटिएको छ।   कोरोना समयमा विभिन्न दातृ संस्थाले दिएको अनुदानको खाद्य सामग्री, विभिन्न प्रकारका बीउ विजन रतुवाखोला किनारमा गाडेको भेटिएको बताइएको छ।  

शुक्रबार स्थानीयले पाएको सूचनाका आधारमा सञ्चारकर्मीलाई लिएर केही सामाजिक अगुवाहरू रतुवामाई –७ को रतुवाखोला किनारमा रहेको डम्पिङ साइडमा उत्खनन् गरेका थिए । डम्पिङ साइडको छेउमा झार नउम्रिएको बालुवा भेटिएपछि स्थानीयले सोही ठाउँमा उत्खनन गरेका थिए । 

खनेर हेर्दा क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले अनुदानमा दिएको गड्यौला मल (भर्मी कम्पोष्ट) भेटिएको थियो । २५ केजीको सात बोरा मल भेटिएपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए । 

 उत्खनन गर्दा २ बोरा बीउ विजन, थप चार बोरा मल, नून, दुई बोरा, कुहिएको चामल, तेलका पाउच, दाल एक बोरा र सावुन भेटिएको बताइएको छ । 

समाचार तस्बिर / गोरखापत्र 

Views: