d

गौरादह जेसीज द्वारा निर्मित नाटक 'सुरुङ' को अन्तिम तयारी पुरा ।

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेबि खड्का 
गौरादह/ लागू औषध दुर्व्यशन न्युनिकरण गर्ने उदेश्यले गौरादहमा प्रदर्शन गर्न लागिएको सुरुङ नाटककाे अन्तिम तयारी पूरा भएकाे छ। गौरादह नगरपालिका , वडा नं -१ र गौरादह साना किसान महिला कृषि सहकारीकाे सहयाेगमा गौरादह जेसिजले नाटक प्रदर्शनकाे आयाेजना गरेकाे छ। सुरुङ नाटककाे अन्तिम तयारी पूरा भए सँगै बुधबार साँझ -७ बजे गौरादह -२ मा रहेकाे सुरज शिक्षा प्रतिष्ठानमा पहिलाे पटक प्रदर्शन गरिने गौरादह जेसिज बर्ष २०२४ का  अध्यक्ष खड्ग बहादुर थापाले जानकारी गराएका छन।लागु औषध दुर्व्यसनीकाे क्षेत्रमा बिशेष गरि युवाहरुकाे सहभागीता बढी मात्रामा देखिएकाले यसलाई न्युनिकरण गर्न नाटककाे माध्यमबाट सचेतना गर्ने प्रयास गरिएकाे अध्यक्ष थापाले जानकारी गराएका छन।बिगतका बर्षहरुमा यस क्षेत्रमा रहेका संघ संस्था तथा प्रहरी प्रशासनहरुले बिद्यालय स्तरमा गरिएका सचेतना मुलक कार्यक्रमबाट मात्र सम्भव नदेखिएपछि नाटक प्रदर्शनकाे विकल्प प्रयाेग गरिएकाे गौरादह जेसिज बर्ष २०२४ का साँस्कृतिक संयाेजक अभिषेक गर्तौलाले जानकारी गराएका छन। नगरपालिका भित्र बसाेबास गरेका सबै नागरिकलाई लागु औषध दुर्व्यसनी मानव शरिरकाे स्वास्थ्य तथा धन सम्पत्ति सत्यानासका दृष्टिकोणले घातक रहेकाे दृश्य प्रदर्शन गरिने भएकाले नाटक हेर्न नगर वासीलाई साँस्कृतिक संयाेजक गर्तौलाले अनुराेध गरेका छन। लागू औषध दुर्व्येसनीका क्षेत्रमा युवाहरुलाई सरिक हुन नदिई जन धनकाे संरक्षण गर्न सहयाेग पुर्याउने दृष्टिकोणले प्रदर्शन गर्न लागिएकाे नाटक गौरादह नगरपालिका भित्रका ९ वटै वडा भित्रका मुख्य चौक, बजार  तथा बढी जनघन्त्व रहेका बिद्यालयहरुमा प्रदर्शन गरिने गौरादह जेसिजकी कार्यकारिणी उपाध्यक्ष एकता पाेख्रेलले जानकारी गराइन। लागू औषध दुर्व्यसन न्युनीकरण गर्ने उदेश्यले प्रदर्शन गर्न लागिएको सुरुङ नाटकमा गौरादह नगरपालिका भित्रका २० जना कलाकार सहभागी हुने गौरादह जेसिज पुर्व अध्यक्ष विनिता कटुवालले जानकारी गराइन। नाटककाे निर्देशन भरत गुराँगाई बर्बरिसले गरेका छन।

Views: