d

सिम्रिक सहकारी द्वारा व्याग वितरण । 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा : सिम्रिक सहकारी संस्थाको गौरादह सेवा केन्द्रले नियमित बाल बचत कर्ता सदस्यहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत आज आफ्नै सभाहलमा आयोजित कार्यक्रम मार्फत २४ जना नियमित बाल बचतकर्ता सदस्यलाई प्रोत्साहन स्वरुप स्कुल ब्याग र स्टेसनरी लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो । 

कार्यक्रम जानकेश्वर शिवालय मन्दिरका अध्यक्ष तथा गौरादह बहुमुखी क्याम्पसका पुर्व प्रमुख सुरेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियोे । 

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि पौडेलले सहकारीहरुले सामाजिक क्षेत्रमा गरेका योगदानहरुका बारेमा चर्चा गरेका थिए । 

 सेवा केन्द्रका व्यवस्थापक रिसव विष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा विष्ट लगायत भुवन दाहाल, ज्येष्ठ सदस्य दुर्गा प्रसाद बराल, पर्शुराम पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन संस्था सदस्य पंकजा भण्डारी 'पुनम' ले गरेकी थिइन् ।

Views: