d

पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान सबेरै देखि खोलिने 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेठ १७ , २०८१ , बिहीवार 

काठमाण्डाै – आगामी असार १ गतेदेखि पशुपतिनाथ मन्दिरका चार वटै ढोका बिहान ४ बजे नै खोलिने भएका छन् ।

दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चार वटै ढोकाबाट दर्शन गर्न पाऊन् भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चार वटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसअघि महाशिवरात्रि, हरितालिका तिज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।

Views: