d

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेठ १७ , २०८१ , बिहीवार

धनुषा —नक्कली नागरिकता प्रकरणमा ९ दिनअघि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । अनुसन्धानका क्रममा नागरिकतामा बिगो, कैद र जरिवाना हुने कुनै पनि कसुर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै सम्बोधन गर्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले स्वीकृति दिएपछि प्रहरीले सिरोहियालाई हाजिर जमानतमा रिहा गरेको हो ।

Views: