d

नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स) द्वारा दमक नगर सरसफाइ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

जेठ ,१७ - २०८१

बजार बिक्रि प्रतिनिधिहरुको हक अधिकारका लागि संगठित भएको नेपाल बजार बिक्री प्रतिनिधि संघ (नाम्स)  ले दमक चोक आसपास क्षेत्रमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । संस्थाको स्थापना दिवसको अवसर पारेर नगर सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।  नाम्स मेची इकाइको आयोजनामा बुधबार सम्पन्न सरसफाइ कार्यक्रममा संस्थाका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरु सहित स्थानीय व्यवसायीहरूको वाक्लो उपस्थिति रहेको थियोे ।  केन्द्रिय सदस्य शिव काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काफ्ले लगायत, मेची इकाई अध्यक्ष हेमन्त मिश्र, उपाध्यक्ष   उपाध्यक्ष रमेस बाँनियाले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई दमक उद्योग वाणिज्य संघ, नेक्स्ट इरा इनर्जी प्रा. लि. दमक, दुर्गा भवानी मिनिरल्स एन्ड बेभ्रेज प्रा. लि. लगायतका व्यवसायीक प्रतिष्ठानहरुले आर्थिक तथा भौतिक सहयोग रहेको जनाइएको छ  ।  
 सरसफाइ कार्यक्रमको औपचारिक कार्यक्रमको सभापतित्व मेची इकाई उपाध्यक्ष रमेश बाँनियाले गरेका थिए भने कार्यक्रमको  सन्चालन मेची इकाई कोषाध्यक्ष दुर्गाराज अधिकारीले  गरेका थिए ।

Views: