d

सम्झनामा गान्धी : लापरवाह युवकदेखि राष्ट्रपितासम्म !

Views:
Responsive Image Gallery
Responsive Image Gallery
भारतमा राष्ट्रपिताको उपमा पाएका मोहनदास करमचन्द गान्धीलाई महात्मा भनिन्छ । उनी एक चतुर नेता थिए, जसले बेलायतीहरुको शासनबाट भारतलाई स्वतन्त्र गराए, गरिब भारतीयहरुको हक–अधिकारका लागि आवाज उठाए । उनले सिकाएको अहिंसात्मक विरोधको शैली आज पनि संसारले सम्मानका साथ सम्झन्छ । गान्धीको जन्म २ अक्टबुर १८६९ मा उत्तर पश्चिमी भारतको पोरबन्दरमा एक धनाढ्य परिवारमा आएको थियो । गान्धीका बाबु करमचन्द पोरबन्दरको राजदरबारमा उच्च पदमा थिए । उनकी आमा एक धार्मिक महिला थिइन्, पूजापाठका लागि मन्दिर जाने र व्रत बस्ने बानी थियो । आमाले नै गान्धीलाई हिन्दू परम्परा र नैतिकताको पाठ पढाइन्, उनले शाकाहारी रहन शिक्षा दिन्थिन् । यसरी, आमाबाट गान्धीलाई धार्मिक सहिष्णुता, साधारण रहनसहन र अहिंसाको पाठ मिल्यो । गान्धीको परिवार पोरबन्दरबाट राजकोट स¥यो, जहाँ उनले अङ्ग्रेजी शिक्षा सुरु गरे । यहीँ १३ वर्षकी कस्तुरबासँग १४ वर्षको छँदा गान्धीको विवाह भयो । यो त्यस्तो समय थियो, जतिबेला गान्धी बागी नौजवान थिए । उनले चोरी गर्न, रक्सी पिउन र माछा–मासु खान सुरु गरिसकेका थिए । यसका बाबजुद आफुभित्र सुधार ल्याउने इच्छा राखेको र हरेक खराब कामपछि प्रयाश्चित गर्ने गरेको गान्धीले ‘सत्य के प्रयोग’ नामक पुस्तकमा उल्लेख गरेका छन् । जब गान्धीका पिता मृत्युशैयामा थिए, त्यतिबेला उनी बाबुलाई एक्लै छाडेर हिँडेका थिए । यही अवधिमा बाबुको निधन भयो । यसपछि गान्धीलाई आफ्नो व्यवहारबारे पछुतो भयो । केही समयपछि उनी आफै पिता भए, तर जन्मिएको छोटो समयमै पहिलो बच्चाको मृत्यु भयो । गान्धीले यस घटनालाई आफ्नो पापका लागि ईश्वरले दिएको दण्ड ठाने । बम्बईको भावनगर कलेजमा पढ्दै गर्दा उनलाई लण्डनको चर्चित इनर टेम्पलमा कानून पढ्ने अवसर जु¥यो । यस प्रस्तावप्रति परिवार सकारात्मक थिएन, अग्रजहरुले विदेश पढ्न जाँदा जात घटुवा हुन्छ भनेर चेतावनी दिएका थिए । तर, गान्धी पछि हटेनन् । लण्डनमा मोहनदास गान्धी पुरै पश्चिमी ठाँटमा रंगिए । यसका बाबजुद, यस समय चलेको शाकाहारी आन्दोलनमा उनी जोडिएका थिए । लण्डनको थियोसोफिकल सोसाइटीको अध्ययनले उनलाई आफ्नो बाल्यकालका हिन्दु मान्यताहरुसँग फेरि जोड्यो । त्यसपछि नै हो, मांशाहारी भोजन र रक्सीबाट दूरी बनाएर उनी आफ्नो मूल जरोतर्फ फर्किएको । थियोसोफिकल सोसाइटीमा अध्ययनबाट प्रेरणा लिएपछि उनले विश्व बन्धुत्वको आफ्नै सिद्धान्त बनाए, सबै मानिस र धर्म मान्नेहरुलाई बराबरी दर्जा दिने सपना देखे । कानूनको पढाइ सकेपछि गान्धीले भारत फर्किएर वकालत गरे, उनले आफ्नो पहिलो मुद्दा हारे । यही दौरान उनलाई एक बेलायती अधिकारीले घरबाट बाहिर निकालिदिए । यस घटनापछि अपमानित महसुस गरेका गान्धीलाई दक्षिण अफ्रिकामा काम गर्ने प्रस्ताव आयो । उनले तत्कालै स्वीकारे । दक्षिण अफ्रिकामा जब उनी रेलको फस्र्ट क्लास डिब्बामा यात्रा गर्दै थिए, त्यतिबेला एक अंग्रेजले सामानसहित उनलाई रेलबाट निकालिदिए । त्यसपछि, दक्षिण अफ्रिकामा आप्रवासी भारतीयसँग भइरहेको खराब व्यवहार र भेदभावविरुद्ध लड्न उनले इन्डियन कांग्रेसको स्थापना गरे । त्यहाँ भारतीयहरुलाई बाँकी समाजबाट टाढा राखिएको विषय उनलाई मन परेको थिएन, यसविरुद्ध आन्दोलन छेडे । यही संघर्षका दौरान नै गान्धीले स्व–शुद्धिकरण र सत्याग्रहजस्ता सिद्धान्तको प्रयोग सुरु गरे, जो उनको अहिंसाको व्यापक विचारका हिस्सा थिए । यहीं उनले ब्रम्हचर्यको प्रण गरे अनि सेतो धोती पहिरन थाले, जो हिन्दू परम्पराअनुसार शोकको वस्त्र मानिन्छ ।
Views: