d

सुर्खेतमा रेडपाण्डाको छालासहित दैलेखका चार पक्राउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

सुर्खेत - सुर्खेतमा दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दैलेख नौमुले गाउँपालिका-२ का मनोज विक, नौमुले-३ का मनबहादुर सुनार र पदमबहादुर सुनार तथा नारायण नगरपालिका-९ की सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो ।

 

उनीहरु वीरेन्द्रनगर-६ गोदाम लाइनमा रहेको भावना पञ्चकोशी होटेलबाट हिजो पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई थान रेडपाण्डाको छाला बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

Views: