d

उदयपुरमा जीप दुर्घटना, पाँच जनाको ज्यान गयो

Views:
Responsive Image Gallery
Responsive Image Gallery
उदयपुर - उदयपुरमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

गएराति १ बजेतिर कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ४ पुरुष र एक महिलाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की र २६ वर्षका कर्मे सार्कीको मात्र पहिचान भएको प्रहरीले जानकारी दिएको छ ।
दुई पुरुष र एक महिलाको परिचय खुल्न बाँकी छ । भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेको कटारीमा उपचार भइरहेको छ ।
Views: