d

बलात्कारविरुद्ध सिराहमा विधार्थीले गरे प्रदर्शन

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सिराह : सिराहको सदरमुकाम सिराहमा पहिलो पटक स्वस्फूर्त रुपमा युवा विधार्थीले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् । युथ अफ सिराहाले बलात्कार घटनाविरुद्ध जनचेतनामूलुक प्रदर्शनका कार्यक्रम गरेको हो।

'गौरवशाली मिथिलाबासी हम, सीता पुजैछी, बेटी लुटैछी, चुपचाप बैसै छी हम, 'गौरबशाली मिथिलाबासी हामी, सीतालाई पुज्छौं, छोरीलाई लुट्छौं, चुपचाप बस्छौं हामी', नाराका साथ विभिन्न मुलुकमा चिकित्सक, इन्जिनियर र अन्य विषय लिएर अध्ययन गर्दै विद्यार्थीहरुको समूहले बलात्कारविरुद्ध प्रदर्शन गरेका छन् ।

५ वर्षीय एक बालिकाले 'अंकल प्लिज मलाई बलात्कार नगर्नुस्' भनेर प्लेकार्ड बोकी प्रदर्शनमा सहभागी भएकी थिइन् । प्रदर्शनको अगुवाई गरेका इन्जिनियरद्वय छात्र शम्भु महतो र अभिशेष पूर्वे तथा मेडिकल छात्र अभिनाश पुर्वेले गरेका थिए ।

छात्रहरुले अस्पताल चोकको विभिन्न पर्खालमा बलात्कार घटनाविरुद्ध मैथिली भाषामा नारा र शांकेतिक चित्र पनि कोरेका थिए । युथ अफ सिराहाले आइतबार गोलबजार नगरपालिकामा पनि यस्तै प्रकारको प्रदर्शन गरेका छन् ।annapurna post
Views: