d

महावीर पुनले यसपटकको दशैंमा नयाँ सुट लगाउने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यसपटकको दशैंमा नयाँ सुट लगाएका छन्।

Mahabir Pun (@MahabirPun) | Twitter

सामान्यतः साधारण जीवन रुचाउने उनी प्रायः ज्याकेट, हाफ पाइन्टर र चप्पलमा भेटिन्छन्। तर, आइतबार भने उनले सुट लगाएर तस्बिर सार्वजनिक गरेका छन्।  सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गर्दै पुनले लेखेका छन्, ‘४५ वर्षपछि मेरो शरीरमा यसपाली नयाँ सुट परेको छ।’


अधिकांश समय सामाजिक संजालमा गम्भीर मुद्रामा देखिने उनी सुट लगाएको फोटो सार्वजनिक गर्दै आफैंप्रति ठट्टा गर्दै भनेका छन्, ‘कहिलेकाहीँ त गल्लीको कुकुरको पनि दिन आउँदो रहेछ।’


यो नयाँ कपडा कहाँबाट आयो भनी नसोध्न आग्रह गर्दै यसको उत्तर केही समयपछि दिने उल्लेख गरेका छन्।


‘यो कपडा मलाई नै नापेर सिलाई दिएका हुन्। पुरानो जडौरी होइन। मेरो जिन्दगीको यो दोस्रो नयाँ सुट हो। जुत्ता चाहिं ६ बर्ष पुरानो हो,’ उनले ठट्टा गर्दै भनेका छन्, ‘धेरै साथीहरुले राम्रो कपडा लगाएन भनेर मलाई कचकच गरिरहनुभएको थियो। अब कचकच गर्ने साथीहरु चुप लाग्नु होस।’

Views: