d

लमजुङका बाढीपहिरो पीडितलाई २५ लाख सहयोग

Views:
Responsive Image Gallery
Responsive Image Gallery

लमजुङ : लमजुङ युके समाजले मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरो पहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको छ। लमजुङ घर भई बेलायत बसोवास गर्दै आएकाहरुको संगठन लमजुङ युके समाजले २५ लाख ९० रुपैयाँ २८ पैसा आर्थिक सहयोग गरेको हो।

लमजुङ युके समाजका प्रतिनिधि मोचित्र गुरुङले वडा नम्बर ३ का वडाध्यक्ष एवं पल्लोटारी विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेम बस्नेतलाई उक्त रकमको चेक हस्तान्तरण गरे। चेक रकम ग्रहण गर्दै वडाध्यक्ष बस्नेतले समाजले पहिरो प्रभावितका लागि हालसम्मकै सबैभन्दा धरै आर्थिक सहयोग गरेको बताए।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाढीपहिरो प्रभावितहरुको स्थायी घर निर्माणका लागि तयारी भइरहेको र यही वर्षभित्र घर निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरे।

Views: