d

काठमाडौंमा बढ्दो संक्रमण, एकैदिन एक हजार सात सय दुईजना संक्रमित

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : पछिल्लो २४ घण्टामा मात्रै काठमाडौं उपत्यकामा थप १ हजार ७ सय २ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा १४ सय ३१, भक्तपुरमा १ सय ४८ र ललितपुरमा १ सय २३ थपिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।

२४ घण्टामा देशभर  थप ३०९३ जनामा कोरोना पुष्टि भएको छ। आज २१ सय ८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै हालसम्म कोरोनामुक्त हुनेहरूको कुल संख्या ९६ हजार ६००  पुगेको छ।

नेपालमा हाल ४१ हजार ७७५ सक्रिय संक्रमित छन्। आज १३ हजार ५५९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २८ हजार १९६ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

Views: