d

कक्षा १२ को परीक्षा ९ मंसिरबाट, यस्तो छ कार्यविधि

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौंः कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गर्दे लकडाउनमा रोकिएको परीक्षा मंसिर ९ बाट सुरु हुने जनाएको हो।

परीक्षा सञ्चालन तालिकाअनुसार परीक्षा बिहान ८ बजेदेखि ९:३० सम्म हुनेछ। शनिबारसमेत परीक्षा सञ्चालन गरी सबै विषयका परीक्षा १६ मंसिरमा सम्पन्न हुनेछ। बोर्डले कोभिड–१९ संक्रमित विद्यार्थीलाई भने परीक्षामा सहभागी नहुन अनुरोध गरेको र संक्रमित कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने जनाएको छ।

कार्यविधि सार्वजनिक बोर्डले ‘माध्यमिक शिक्षा उतीर्ण परीक्षा(कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन,व्यावस्थापन,अभिलेखीकरण, प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेको छ। कार्यविधिअनुसार पाठ्यक्रमले तोकेको विशिष्टीकरण तालिकालाई संकुचन गरी परीक्षा सञ्चालन गरिनेछ।

उक्त परीक्षाका लागि परीक्षा नियन्त्रण कार्यालयले प्रश्नहरू तयार गरी विद्यालयमा उपलब्ध गराउने छ। कक्षा १२ को यस प्रकारको परीक्षाको अंकभार सैद्धान्तिक तर्फको अंकभारलाई सतप्रतिशित मानी सोको ४० प्रतिशत कायम हुनेछ।

प्रयोगात्मक मूल्यांकनका लागि पाठ्यक्रम प्रयोगात्क परीक्षाको लागि छुट्याइएको पूर्णाङ्कका आधारमा बोर्डद्धारा जारी गरिएको प्रयोगात्मक परिक्षाको प्राप्तांक भर्ने सम्बन्धी निर्देशन बमोजिम विद्यालयहरुले सञ्चालन गरेको प्रयोगात्मक परीक्षा प्राप्त गरेको प्राप्तांकलाई यथावत कायम गरिनेछ।

‘जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्नेगरी प्रत्येक विद्यार्थीको कम्तीमा २-२ मिटरको दूरी कायम गरी एउटा परीक्षा हलभित्र बढीमा २० परीक्षार्थी रहने व्यवस्था गरिएको छ,’कार्यविधिमा भनिएको छ।

Views: