d

केन्द्रिय प्याब्सनले भन्यो दशैमा शिक्षक, कर्मचारीलाई तलब देउ

Views:
Responsive Image Gallery
Responsive Image Gallery

काठमाडौं : निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन)ले महान चाड दशैँ तथा तिहारको बेला विद्यालयले आफ्ना शिक्षक, कर्मचारीलाई तलब दिन आग्रह गरेको छ। कोभिड –१९ सँगै शिक्षक मारमा परेकाले तलब उपलब्ध गराउन प्याब्सनले माग गरेको हो।

केही महिनाअघि नै २०७६ साल चैत्र महिना सम्मको तलब एकमुष्ट रूपमा भुक्तानी गर्न र २०७७ वैशाखदेखि आम्दानीको अनुपातमा तलब उपलब्ध गराउन सम्पूर्ण सदस्य विद्यालयहरूलाई लिखित निर्देशन दिइसकेको पनि प्याब्सनका अध्यक्ष टीकाराम पुरीले बताए।

उनले भने,‘महान् चाड बडादशैँ तथा दीपावलीलाई मध्यनजर गर्दै यस अर्गनाइजेशनले सबै शिक्षक र कर्मचारीलाई यथाशक्य तलब उपलब्ध गराउन आग्रह गरेका छौँ। विज्ञप्तिमार्फत पनि जानकारी गराएका छौँ।’

मेगा बैंक तथा प्राइम बैंकको व्यवस्थापनसँग समन्वय गरी विद्यालय सञ्चालन खर्चका निम्ति अल्पकालीन ऋण उपलब्ध गराउन सकिने गरी सम्झौतासमेत भइसकेको उनले जानकारी दिए। थाहा खबर बाट

Views: