d

सांसद लिङ्देन आज दिनभर अनुगमनमा व्यस्त: अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र बिरामी संग भेट 

Views:
Responsive Image Gallery
Responsive Image Gallery
झापा । रास्ट्रिय प्रजातन्त्र पार्टी बाट निर्वाचित सांसद  राजेन्द्र लिङ्देनको अस्पताल निरीक्षण अभियान शुरु भएको छ।    सांसद लिङ्देनले आज बिहिबार बाट  झापाका विभिन्न अस्पतालको  अनुगमन शुरु गरेका हुन्।  आज ओमसाई पाथीभरा, मनमाेहन र  बिएन्डसी लगायत  मेची प्रादेशिक अस्पताल को निरीक्षण गरिएको जनाइएको छ।  अनुगमन को क्रममा अस्पताल प्रशासन संग वर्तमान अवस्थाका समस्याहरु बारे जानकारी लिदै  कोरोनाका बिरामीहरु र अन्य रोग बाट अस्पताल भर्ना भएका बिरामीहरु को स्वास्थ्य अवस्था बारे जानकारी लिइएको थियो।  अनुगमन क्रममा साम्सद लिङ्देनले बिरामीले उपचारका लागि अस्पताल चहार्दाचहार्दै मृत्युको मुखमा पुग्ने अवस्था आउन नदिन सञ्चालकलाई आग्रह गरेका छन्।
मेची प्रादेशिक अस्पतालको अनुगमन क्रममा सांसद् लिङ्देनले सुपरिन्टेन्डेन्ट डा पीताम्बर ठाकुरसँग सञ्चालन भइरहेको कोभिड हस्पिटलको अवस्था र समस्याका बारेमा जानकारी लिए। डा ठाकुरले कोभिड र कोभिड नभएका सबै किसिमका बिरामीको उपचार भइरहेको जनाउँदै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले लामो समयदेखि सरकारले तोकेबमोजिमको भत्ता सुविधा नपाएको अवगत गराए।
सांसद् लिङ्देनले बिएन्डसी हस्पिटलमा उपचारका लागि आएका सर्वसाधारण र कार्यकारी प्रमुख दुर्गा प्रसाईँलाई भेटेर त्यहाँबाट प्रवाह भइरहेको उपचार सेवाका बारेमा जानकारी लिएका थिए। कार्यकारी प्रमुख प्रसाईँले निजी हस्पिटलहरुले कोभिड बिरामीलाई उपचार सेवा प्रदान गरेर महामारीविरुद्धको अभियानमा ठूलो टेवा पुर्याएको बताए। आफ्नो हस्पिटलबाट कोभिडका बिरामी कसैलाई पनि नफर्काइएको र छुट्टै राखेर उपचार गरिएको जानकारी गराउँदै उनले केही दिनमा पीसीआर मेसिन राखेर सेवा प्रदान गरिने बताए।
लिङ्देनले कोरोनाको बहानामा अस्पतालले उपचार नगरी बिरामी फर्काउने गरेको र त्यसकै कारण अस्पताल चहार्दाचहार्दै मृत्युवरण गर्नुपर्ने दुःखद् अवस्था आएको जनगुनासो आएका कारण आफू अनुगमनमा निस्किनुपरेको बताए।
कोभिड –१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएर स्वास्थ्यकर्मीले दिएको योगदान प्रशंसनीय रहेको बताउँदै सांसद् लिङ्देनले सरकारी पक्षबाट अस्पतालको नियमित अनुगमन हुनुपर्ने सुझाव दिए।
ओमसाई हस्पिटलका निर्देशक बालकुमार पोखरेलले जनप्रतिनिधिद्वारा अस्पतालको अनुगमन भएकामा खुशी व्यक्त गर्दै कोभिडविरुद्धको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिए।
Views: