d

कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने सरकारको तयारी

Views:
Responsive Image Gallery
Responsive Image Gallery
सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिन लागिएको हो । 
कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा  लैजाने तयारी गरेको बुझीएको छ  । 
सामान्य अवस्थामा निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोरोना संक्रमण भएको वेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाइएको छ।  नया पत्रिकामा बिस्तृत खबर छ।  
 
Views: