d

राजसंस्थाको   पक्षमा बुटवलमा विशाल जनप्रदर्शन  र र्‍याली

Views:
Responsive Image Gallery
Responsive Image Gallery
बुटवल : राजसंस्थाको  पक्षमा बुटवलमा विशाल जनप्रदर्शन  र र्‍याली निकालिएको छ ।
मुलुकमा राजनीतिक खिचातानी बढिरहेका बेला बीर गोर्खाली अभियानको आयोजनामा मोटरसाइकल र्‍याली निकालिएको हो । रुपन्देहीको मणिग्रामबाट निकालिएको र्‍यालीमा दुइ हजार बढी  मोटरसाइकल सहभागी भएका थिए । पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलको तस्बिर छापिएका टिसर्ट लगाएका युवाहरु राष्ट्रिय झण्डा बोकेर र्‍यालीमा सहभागी थिए ।
देश र श्रीपेचको रक्षाका लागि र्‍याली निकालिएको आयोजक बीर गोर्खाली अभियानले जनाएको छ । मणिग्रामबाट निस्किएको र्‍याली बुटवलको गोलपार्क परिक्रमा गरी ट्राफिकचोकमा आइ कोणसभामा परिणत भएको थियो । कोणसभामा कार्यक्रम संयोजक बसन्त विक्रम पाण्डेले राष्ट्रिय एकता र राष्ट्र बचाउन सडकमा निस्किएको बताए ।
यस क्रममा हिन्दु राष्ट्रको पुर्नस्थापना समेत माग गरिएको थियो । र उक्त अभियान देशव्यापी चलाइने बताइएको छ । कोणसभामा अभियानका रुपन्देही संयोजक प्रविन थापा, डिल्लीराज खनाल लगायतले बोल्दै राजसंस्था र हिन्दु राष्ट्रका लागि अभियानमा सहभागी हुन सबैलाई अपिल समेत गरे । 
Views: