d

देशको नाम भद्दा भयो, विशेषण हटाएर  नेपाल मात्र राखौं - राजेन्द्र लिङ्ग्देन 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

झापा: मुलुकको राष्ट्रिय राष्ट्रिय राजनीतिमा नेपाल नामको अगाडी जोडिएको विशेषण हटाउनु पर्ने बहसले चर्चा पाई रहेको बेला  राष्ट्रिय प्रजातन्त्र पार्टीका महामंत्री राजेन्द्र लिङ्ग्देनले नेपाललाइ चिनाउन को लागि कुनै विशेषण झुण्ड्याउनु आवस्यक नरहेको विचार व्यक्त गरेका छन्।  मंगलबार राति  एक  टुइट गर्दै महामन्त्री लिङ्ग्देनले उक्त कुरा बताएका हुन्।  

उनले टुइटमा भेनेका छन् 
नेपाल नेपालनै हो, परिवर्तनको उन्मादमा नेपालका अघि झुण्ड्याईएको विशेषण यसै भद्दा र अमिल्दो थियो 
त्यसमाथि पनि आफु त संघीयता रहित राजा सहितको प्रजातन्त्र चाहने, नेपाल अघिको विशेषण हटाएकै राम्रो।

  संघीय सांसद समेत रहेका लिङ्ग्देनले हिन्दु धर्म सहितको राजतन्त्रको बारेमा बहस चलाउदै आएका छन्।  पछिलो समय आफ्नो गृह क्षेत्र झापामा उनले राजा सहितको हिन्दु राष्ट्र स्थापनाको लागि अभियान नै संचालन गर्दै आएको पाइन्छ।  पछिल्लो समय मुलुक भित्र राजतन्त्रको बारेमा व्यापक छलफल र जनमत समेत देखिदै गएको महसुस भै रहेको बेला महामन्त्री लिङ्ग्देनको संघिय लोकतान्त्रिक गणतन्त्र विशेषण हटाएर नेपाल मात्र नाम राख्नुपर्छ भन्ने अभिमतलाइ महत्वका साथ हेरिएको छ।  

Views: